कोरोनाका कारण माओवादी केन्द्र रोल्पाकी नेतृ हरिसरा घर्तीको निधन

रोल्पा । कोरोनाका कारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोल्पाकी नेतृ तथा लुम्बिनी प्रदेश कमिटी सदस्य हरिहरा घर्तीमगरको निधन भएको छ ।

घर्तीको आज बिहान ५ बजे दाङ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा निधन भएको हो ।

माडी गाउँपालिका–५ भावाङ स्थायी ठेगाना भई घर्तीगाउँ बजारमा अल्लो व्यवसाय गर्दै आएकी घर्ती कृषि सहकारीलगायत सङ्घसंस्थामार्फत सामाजिक सेवामा पनि आबद्ध थिइन् । कोरोना सङ्क्रमणपछि उनलाई गत जेष्ठ ४ गते रोल्पा अस्पतालमा भर्ना गरिएको थियो ।

रोल्पा अस्पतालमा उपचार सम्भव नभएपछि जेठ ६ गते दाङ बेलझुण्डीस्थित कोरोना अस्पतालमा पठाइएको थियो । बेलझुण्डी कोरोना विशेष अस्पतालमा उपचाररत घर्तीको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै रोल्पामा कोरोनाको दोस्रो लहरबाट १० जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?