कोरोना नियन्त्रणका लागि न्युजिल्यान्डले १० लाख डलर सहयोग दिने

काठमाडौं । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि न्युजिल्यान्डले नेपाललाई १० लाख डलर सहयोग दिने घोषणा गरेको छ । न्युजिल्यान्डले नेपालमा भयावह बन्न पुगेको कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सहयोग दिने भएको हो ।

न्युजिल्यान्डकी विदेशमन्त्री नानाइया महुताले नेपाललाई कोभिड १९ नियन्त्रण र रोकथामका लागि १० लाख डलर सहयोग दिने जानकारी दिएकी छन् । उनले ट्विट मार्फत यस्तो जानकारी दिएकी हुन् ।

नेपाललाई सहयोग दिने घोषणा गरिएको १० लाख डलर युनिसेफमार्फत उपलब्ध गराउने महुताले जनाएकी छन् । उक्त रकम नेपाललाई स्वास्थ्य चुनौती सामना गर्न सहयोग गर्ने लागिएको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?