रोल्पामा गाडी दुर्घटनामा, पाँच घाइते

रोल्पा । रोल्पाबाट नेपालगंजतर्फ जाँदै गरेको प्रहरी बोकेको गाडि दुर्घटनामा परेको छ । दुर्घटनामा परि चार प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट जवरजस्ती करणी मुद्दाका एक थुनुवा लिएर लिवाङबाट हिडेको लु १ झ ५७० नम्बरको गाडि बिहान ११ बजेतिर रोल्पा नगरपालिका १ भदौरे मन्दिर नजिक दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए ।

ब्रेक फेल हुँदा दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?