नेपालमा आज ८ हजार ६ सय ७ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा आज ८ हजार ६ सय ७ जनामा काेराेना संक्रमण पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३ सय ५३ जनाको पीसीआर परीक्षणमा ८ हजार ४ सय ७ र ८ सय ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ सय जना गरी कुल ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?