राष्ट्रपति भण्डारीले ढिलाइ गरेपछि गगन थापाले सोधे यी गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको निर्णय लिन ढिलाइ गरेपछि नेपाली कांग्रेसका लोकप्रिय नेता तथा सांसद गगनकुमार थापाले गम्भीर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस फटाफट जारी हुने गरेका भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको बहुमत हस्ताक्षरका आधारमा नयाँ प्रधानमन्त्री नियुक्तिमा ढिलाइ भइरहेको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत सांसद थापाले ओलीको जालझेल र अपराधमा साथ दिँदा राष्ट्रपतिलाई दागैदाग लागेको बताएका छन् ।

थापाले लेखेका छन्, ‘१५३ जनाको समर्थन भएको भए सरकारले ७६(३) को विश्वासको मत लिने वैधानिक बाटो किन छोडेको ? प्रमले नै ‘म विश्वासको मत लिन सक्दिनँ र पहिलाभन्दा तात्विक फरक छैन भनेर ७६(५) को सरकार गठनको ढोका खोल्ने, राष्ट्रपतिले ‘विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको’ भन्दै आह्वान गर्ने । अब फेरि जालझेल ! यो प्रष्ट हुँदाहुँदै आज प्रमले बहुमतको समर्थन छ भन्दै दाबी गर्नु असंगत मात्र होइन, अवैधानिक र अनैतिक छ । राष्ट्रपतिज्यू, तपाईंमा ओलीको जालझेल र अपराधमा साथ दिँदा लागेको दागैदाग छ । महामहिमलाई परिस्थितिले अन्तिम पटक सुध्रिने मौका दिएको छ ! नभए भीरबाट खस्नेलाई रामराम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?