प्रशिक्षक नुनोले वल्भ्स छाड्ने

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका प्रशिक्षक नुनो स्पिरिटो सान्टोले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् । उनले क्लबसँगको आपसी समझदारीमा नै सिजनको अन्त्यसँगै क्लब छाड्ने निर्णय गरेका हुन् ।

४७ बर्षे नुनोले गत सेप्टेम्बरमा तीन बर्षका लागि सन् २०२३ सम्मको लागि नयाँ सम्झौता गरेपनि उनले उक्त सम्झौता रद्ध गर्दै क्लब छाड्ने निर्णय गरेको हो । पोर्टोबाट सन् २०१७ मा वल्भ्समा अनुबन्ध भएका नुनोको प्रशिक्षणमा टिमले च्याम्पियनसिप जितेको थियो । अघिल्ला दुई सिजनमा सातौं स्थानमा रहेको वल्भ्स यो सिजनमा १२औं स्थानमा रहेको छ ।

वल्भ्सले यो सिजनको अन्तिम खेल म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । उनले वल्भ्ससँग आफ्नो मन जोडिएको र यो क्लवलाई निकै मिस गर्ने बताएका छन् । नुनो सान्टोको स्थानमा पोर्चुगिज क्लब बेन्फिका ब्रुनो लाग र पोर्टाेका पुर्व प्रशिक्षक भिटोर पेरेइरा आकाङ्क्षी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?