बेन्जेमा अर्काे कीर्तिमान नजिक

एजेन्सी । स्पेनिस क्लब रियल म्याड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमा क्लबमा नयाँ कीर्तिमान नजिक पुगेका छन् । आज (शनिबार) राति हुने ला लिगाको अन्तिम खेलमा भिल्लारियलविरुद्ध मैदान उत्रिएको अवस्थामा बेन्जेमा रियलका लागि सबैभन्दा धेरै खेल खेल्ने सुचीमा समावेश हुनेछन् ।

भिल्लारियलविरुद्धको खेल बेन्जेमाका लागि ५५९औं खेल हुनेछ । उनी रियलका लागि धेरै खेल खेल्ने खेलाडीको सूचीमा शीर्ष १० मा पुग्नेछन । यो खेलपछि बेन्जेमाले मिचेल गोन्जालेजले खेलेको खेलको संख्यालाई बराबरी गर्नेछन । यस्तै बेन्जेमा रियलका लागि एक्सक्लुसिभ क्लवमा समावेश हुने एक्लो विदेशी खेलाडी बन्नेछन ।

रियलका लागि धेरै खेल खेल्ने खेलाडीमा शिर्ष स्थानमा राउल छन् । उनले ७४१ खेल खेलेका छन् । पूर्व कप्तान तथा गोलरक्षक इकर कासिलासले ७२५ खेल खेलेका छन् । यस्तै सान्चिसले ७१०, हालका कप्तान सर्जियो रामोसले ६७१ र सान्टालिनाले ६४५ खेल खेलेका छन् ।

यस्तै हिर्रोले ६०१ खेल खेल्दा जेन्टोले रियलका लागि ६०० खेल खेलेका छन् । बेन्जेमाको रियलसँगको सम्झौता सकिन एक बर्षको समय बाँकी छ । उनको नयाँ सम्झौताको प्रस्ताव अहिले नै टेबलमा रहेको छ । उनले नयाँ सम्झौता गरेर नियमित खेलेको खण्डमा उनी रियलका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्न सक्नेछन ।

सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियलमा अनुबन्ध भएका ३३ वर्षीय बेन्जेमाले यो सिजनमा ४५ खेलमा २९ गोल गरेका छन् । भिल्लारियलविरुद्धको खेल उनको यो सिजनको ४६औं खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?