पूर्व सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका स्वास्थ्य सामाग्री रोल्पा पठाइयो

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा निवर्तमान शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको पहलमा अक्सिजन भरिएका २५ थान सिलिण्डरसहितका स्वास्थ्य सामाग्री रोल्पा पठाइएको छ ।

नेतृ घर्तीको पहलमा आज ४० लिटरका २५ थान सिलिण्डरसहित अक्सिजन कन्सट्रेटर २ थान, ३. बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० थान, सेनिटाइजर ५ सय एमएलका ५ बोत्तल, सर्जिकल मास्क १ हजार थान,एन ९५ मास्क १०० थान पठाइएको हो ।

पछिल्लो समय रोल्पामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजोको तथ्याङ्क अनुसार रोल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ४ पुगेको छ भने दोस्रो लहर सुरु भएयता ११ जनाको मृत्यु भइसकेका छन् ।

७२ जना भने निको भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि जिल्लामा अक्सिजन लगायतका सामाग्रीको अभाव भएको गुनासो आएको छ । नेतृ घर्तीले आफ्नो पहलमा पठाइएका सामाग्रीले जिल्लामा कोरोना संक्रमितको उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?