खुसीको खबर: नेपालमा आज ८ हजार ८ सय ४८ जना काेराेना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडाैं । नेपालमा आज ८ हजार ८ सय ४८ जना काेराेना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?