कोरोना स‌क्रमणबाट वरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु

काठमाडौं । कोरोना संक्रमणको कारण वरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु भएको छ।

काठमाडौंंको नर्भिक अस्पतालमा उपचाररत रेग्मीको आज विहान निधन भएको अधिवक्ता सुनिलकुमार पोखरेलले जानकारी दिए। कोरोना संक्रमण भएपछि नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो।

रेग्मी पत्नीको पनि संक्रमणका कारण १४ दिनअघि एपीएफ अस्पतालमै निधन भएको अधिवक्ता पोखरेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?