ट्याक्सी चालककी छोरी अस्मिताले पाइन विश्वको महङ्गो स्कुलमा पढ्ने मौका

काठमाडौं । मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् ।

संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् । जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो । सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए ।

नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए । अस्मिताको पारिवारिक अवस्था न्युन हो ।

उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् । अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =