प्युठानमा बन्दै गरेको घर भत्किएर एकै परिवारका तीनजनाकाे निधन

प्युठान । प्युठानमा बन्दै गरेको घर भत्किएर एकै परिवारका तीनजनाकाे निधन भएकाे छ । शनिबार राति नौबहिनी गाउँपालिका–१ स्याउलीबाङका ४० वर्षीय बोमहादुर, उनकी ३३ वर्षीया श्रीमती गोमी र ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोमबहादुरको घर मर्मतका लागि छानो फालेर टिन लगाउँदै गर्दा गारो भत्केर च्याप्दा तीनै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष सेरबहादुर सेनले बताए । दुर्भाग्यवश दुखद घटना घट्यो अध्यक्ष सेनले भने । स्याउलीबाङ सदरमुकाम खलंगाबाट १७ कोस टाढा पर्छ। घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?