जंगली च्याउ खाँदा एकै परिवारका आठजना गम्भीर बिरामी

  • अनिष विष्ट

संखुवासभा । जिल्लाको सिलिचोङ गाउँपालिका–५ याफुमाजंगली च्याउ खाँदा एकै घरका नौजना बिरामी भएका छन् । शुक्रबार जंगली च्याउ खाँदा बिरामी भएकामध्ये आठ जना गम्भीर छन्।

स्थानीय बुद्धबहादुर राई, उनकी श्रीमती बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए। बिरामी हुनेमा छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी र नातिरहेका छन् ।

च्याउ खाएर सुतेपछि मध्य रातदेखि परिवारका सबैलाई बान्ता हुन थालेको थियो। शनिबार बिहान याफु आधारभूत स्वास्थ्य सेवाएकाइमा भर्ना गरिएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनीहरुलाई शनिबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

च्याउ खाने सबैजनाको मृगौला र कलेजोमा बढी समस्या देखिएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सिफारिस गरिएको अस्पतालका प्रमुख चिकित्सक सुन्दरश्याम झाजानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?