सुनछहरी गाउँपालिकामा १४ जनामा काेराेना संक्रमण पुष्टि

राेल्पा । राेल्पाकाे सुनछहरी गाउँपालिकामा १४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

एन्टिजेन परिक्षणमा ९ जना पुरुष र ५ जना महिला गरि १४ जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक जगत बुढाले जानकारी दिनु भयो ।

गाउँपालिकाको केन्द्र पोबाङलाई केन्द्रित गरि गरिको परिक्षणमा २७ जना पुरुष र ८ जना महिलाले एन्टिजेन परिक्षण गरेका थिए ।

काेराेना पाेजेटिभ देखिएकाहरुको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको संयोजक बुढाले बताए । स्वास्थ्य अवस्था सामान्य रहेपनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिएको संयोजक बुढाले बताए ।

पाेजिटिभ देखिएकाहरु होम क्वारेन्टाइनमा बस्ने र उहाँहरुको स्वास्थ्यमा कुनै समस्या आएमा तत्काल आइसोलेशनमा लगेर थप उपचारको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनु भयो । साथै उहाँले सबैलाई सुरक्षीत होम क्वारेन्टाइनमा बस्न समेत अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?