नेपालमा थप ७ हजार ९१४ संक्रमित थपिए, १९३ को मृत्यु

काठमाडौं । नेपालमा थप ७ हजार ९१४ संक्रमित थपिए, १९३ को मृत्यु भएकाे छ ।

देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये २८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?