कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ९१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म संक्रमितको संख्या ५ लाख १३ हजार २४१ पुगेको छ ।

सोही अवधिमा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ८२१ जनामा कोरोना पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

२४ घण्टामा कुन जिल्ला कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १४, उदयपुरमा ४८, ओखलढुंगामा ६, खोटाङमा ८, झापामा १४८, ताप्लेजुङमा १३, तेह्रथुममा ३, धनकुटामा ६, पाँचथरमा ५, भोजपुरमा ६, मोरङमा ३८३, संखुवासभामा ५, सुनसरीमा १२१ र सोलुखुम्बुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै बाग्मती प्रदेशको काठमाडौंमा मात्र १ हजार ७ सय ६१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा १७२, चितवनमा २४, दोलखामा १४, धादिङमा ६७, नुवाकोटमा ३८, भक्तपुरमा ३६६, मकवानपुरमा ११२, रसुवामा ४, रामेछापमा ४१, ललितपुरमा ६९४, सिन्धुपाल्चोकमा १५५ र सिन्धुलीमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ४०१, गोरखामा ५८, तनहुँमा ६४, नवलपरासी पूर्वमा ५३, पर्वतमा ८, मुस्ताङमा २, म्याग्दीमा १४४, लमजुङमा ३२, बागलुङमा ३९ र स्याङजामा ११२ जनामा कोरोना भाइरस संक्रमण दिखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २४, कपिलवस्तुमा १३२, गुल्मीमा ६३, दाङमा १०९, नवलपरासीमा ४०, पाल्पामा ८०, प्युठानमा ३, बर्दियामा २७१, बाँकेमा १३७,रुपन्देहीमा ४२९ र रोल्पामा १२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै कर्णाली प्रदेशको कालिकोटमा ३८, जाजरकोटमा ६, जुम्लामा ३, डोल्पामा ९, दैलेखमा ३, मुगुमा १, रुकुम पश्चिमा ८, सल्यानमा ४९ र सुर्खेतमा २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ९६, कञ्चनपुरमा ३६, कैलालीमा ५०, डडेल्धुरामा १८, डोटीमा ५२, दार्चुलामा ३, बझाङमा १, बाजुरामा ३ र बैतडीमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?