सोमबार कुन भगवान को पूजा गर्ने, बिधि सहित

हिन्दु धर्ममा, हप्ताको बिभिन्न बारलाई देवी-देवताको बार समेत मानिने गरिन्छ।

विशेष व्रत र उपवास बाहेकको दिनमा, धेरैजसो हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। आज हामीले सोमबार कुन देवताको पुजा गर्ने र त्यसको बिधि के हुने भन्ने कुराको जानकारी लिएर आएका छौँ !

सोमबार ‘शिवजी‘ को दिन को रुपमा चिनिने गरिन्छ। यस दिनमा शिवजीको पुजा-आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन्। यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ। कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन्। यस दिन व्रत बस्दा एक-छाक मात्रा खानुपर्दछ भने खानामा नुन-तेल मिसाउन मनाही छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?