सरकारी निर्णयको धज्जी उडाउँदै ओली, हरेक दिन बैठक र पत्रकार सम्मेलन

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाम गर्न भन्दै सरकारले एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । तर, सरकार प्रमुखले नै निषेधाज्ञाको उल्लंघन गर्दै आएका छन् ।

सरकारी निर्णय सर्वसाधारण जनतादेखि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैलाई लागू हुन्छ । प्रधानमन्त्री केपी ओलीले हरेक दिनजसो बैठक र पत्रकार सम्मेलन गर्दै आफ्नै सरकारले गरेका निर्णयको धज्जी उडाएका छन् ।

उनले हरेक दिनजसो बैठक र पत्रकार सम्मेलन गर्न छाडेका छैनन् । केही समयअघि सीएनएनमा अन्तर्वार्ता दिनेक्रममा राजनीतिक दलकै कारण कोरोना संक्रमण फैलिएको उनले आरोप लगाएका थिए । जबकि त्यसको प्रमुख कारक उनी नै थिए ।

सबैलाई देखाइदिने भन्दै उनले हरेक दिनजसो मानिस भेला गराए । अहिले उनी आफू पनि धेरै मानिसको भिडभाड भएकाले कोरोना संक्रमण फैलिएको स्वीकार्छन् । तर, पनि बैठक र पत्रकार सम्मेलन गर्न छाडेका छैनन् ।

आफूले गरेको जे पनि ठीक अरुले गरेको भयानक गल्ती भन्ने भ्रम ओलीमा देखिएको छ । त्यही कारण उनी पटक पटक एउटै गल्ती गरिरहेका छन् । सर्वसाधारण जनताको स्वास्थ्य र देशप्रति अलिकति पनि जिम्मेवारी नभएको नेतामा ओली पर्छन् ।

आज पनि ओलीले एमालेको स्थायी कमिटीको बैठक बोलाएका छन् । उनले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएर भीड जम्मा गर्दैछन् । जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले आजको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ । मिडिया डबलीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?