नेपालमा थप ७ हजार ४२५ काेराेना संक्रमित थपिए, १८५ को मृत्यु

काठमाडाैं । नेपालमा थप ७ हजार ४२५ काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?