हेटौंडामा श्रीमतीको हत्या गरी जंगलमा फालेको आरोपमा पक्राउ

हेटौंडा । श्रीमतीको हत्या गर्ने एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या आरोपमा मकवानपुर प्रहरीले ५४ वर्षिय कृष्ण बहादुर मोक्तानलाई पक्राउ गरेको हो। आइतबार हेटौंडा उपमहानगरपालिका-१० को भुटनदेवी सामुदायिक वनमा मृत अवस्थामा ४२ वर्षीय सुनिता थापा मगरको शव फेला परेको थियो।

हेटौंडा-१० मा टहरामा बस्दै आएका उनीहरुबीच विवाद हुदा मुक्तानले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

मोक्तानले सामान्य विषयमा विवाद हुदा कुटपिट गरी श्रीमतीको हत्या गरेर नजिकैको वनमा लगेर फालेको स्विकार गरेका रिमालले बताए। उनले घटनामाथि थप अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?