अर्घाखाँची आर्युबेद केन्द्रले निवासमै पुगेर संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने औषधि बाँड्यो

अर्घाखाँची । आयुर्वेदिक स्वास्थ केन्द्र अर्घाखाँचीले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुका लागि निवासमै पुगेर रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधिहरु वितरण गरेको छ ।

केन्द्रले सोमबार संक्रमितहरुको निवासमै पुगि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने अश्वगन्धा चुर्ण, जेठीमधु चुर्ण ,सितोपलादी चुर्ण गुड्ची चुर्ण लगायतका आयुर्वेदिक औंषधिहरु वितरण गरेको हो ।

बैशाख १५ गते देखि केन्द्रले हालसम्म होम आइसोलेसनमा बसेका १४८ जना र अन्य लक्षण समेत देखिएका गरि कुल ३९८ जनालाई नि:शुल्क रुपमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधिहरु प्रदान गरिसकेको छ ।

यस्तै जिल्लामा रहेका तीन वटा नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यो सेवा पुर्याइएको छ । बिरामीहरुको स्वास्थ अवस्था साथ साथै केन्द्रले बितरण गरेको औंषधिको प्रभावकारीता बारे जानकारी लिन निमित्त कार्यलय प्रमुख कमल प्रसाद आचार्य, वरिष्ठ बैध पशुपति पन्थी, जिल्लाको छत्रदेब गाउँपालिकाको वडा न. ६ मा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?