अर्घाखाँची: आयुर्वेद स्वास्थकर्मीद्धारा संक्रमितको निवासमै पुगि योगा प्रशिक्षण तथा औषधि वितरण

अर्घाखाँची । आयुर्वेद स्वास्थ केन्द्र अर्घाखाँचीले कोरोना भाइरस संक्रमितको निवासमै पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने औषधिहरु वितरण गरेको छ ।

केन्द्रले मंगलबार जिल्लाको भुमिकास्थान वडा न. ७ पान्डाडामा पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने औषधिहरु अस्वागन्ध चुर्ण,जेठी मधु चुर्ण , सितोपलादी चुर्ण,गुड्की चुर्ण लगायतका औषधिहरु वितरण गरेको हो ।

केन्द्रका टोलीसंग योग प्रशिक्षक समेत पुगेका थिए । योग प्रशिक्षकले संक्रमितको मनोवल उच्च बनाउन योगा,प्रणायम,ध्यान गर्न प्रशिक्षण दिएका थिए ।

केन्द्रका टोलीसंग केन्द्रका निमित्त प्रमुख कमल प्रसाद आचार्य,बरिष्ठ बैध पशुपति पन्थी भुमिकास्थान नागरिक आरोग्य केन्द कि प्रमुख पञ्च कुमारी थारु, वडा ७ का स्वास्थ प्रमुख अहेब बलाराम खनालको उपस्थित रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?