तनहुँमा एक वृद्ध ८ दिनदेखि हराइरहेका थिए, जंगलमा भेटियो शव

तनहुँ । तनहुँमा एक जना वृद्धको शव जंगलमा फेला परेको छ। गत जेठ ३ गते साँझ ९ बजेदेखि हराइरहेका ६३ वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन्।

व्यास नगरपालिका–७ बोटेटार बस्ने नसे बोटे मृत फेला परेका हुन्।

व्यास– ५ स्थित फक्सिङ सामुदायिक जंगलको खोल्सीमा बोटे मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए।

जंगलमा निउरो खोज्न गएका मानिसले बोटेलाई मृतावस्थामा देखेपछि तत्काल प्रहरीमा खबर गरेका थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच मुचुल्का गरेपछि परीक्षणका लागि शव दमौली अस्पतालको शवगृहमा राखी आफन्तजनलाई खबर गर्ने काम भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?