नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी, २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्।

देशभर हाल १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १४५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ। देशभर ८५२ जना क्वारेन्टाइनमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?