मलाई थाहा पत्तो नदिइ अक्सिजन सिलिण्डरमा मेरो स्टिकर टाँसेछन् : वन मन्त्री आले

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले चर्चामा आइरहने पात्र हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मध्येका एक आलेले फेरि एउटा चर्तिकला नै देखाएका छन् ।

चीन सरकारबाट अनुदानमा आएको अक्सिजन सिलिण्डर र स्वास्थ सामग्रीमा आफ्नो तस्बीरसहितको स्टिकर टाँसेर मन्त्री आले गृह जिल्ला डोटी र धनगढी पुगे । प्रचारात्मक शैलीमा उनले अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री पनि वितरण गरे ।

यसअघि पनि बिभिन्न टिकाटिप्पणीका कारण सामाजिक सञ्जालमा भाइरल भइरहने मन्त्री आले अक्सिजन सिलिण्डर वितरणपछि झनै भाइरल बनेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =