नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाडौं । कोरोना महामारी रोकथामका लागि मित्रराष्ट्र चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्त्र गराउने भएको छ ।

बुधबार नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिफिङबीच भएको संवादपछि चीनले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउने भएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले दुई देशका राष्ट्रपतिबीच भएको संवादपछि चीनले नेपाललाई अनुदानस्वरुप १० लाख डोज कोरोना खोप उपलब्ध गराउने घोषणा गरेकी छन् ।

यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिइसकेको छ ।

यसैगरी मंगलबार भारतका समकक्षी रामनाथ कोविन्दलाई पत्राचारमार्फत बाँकी १० लाख डोज कोरोना खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीले आग्रह गर्नुभएको छ ।

पहिलो चरणअन्तर्गत भारत सरकारले नेपाल सरकारलाई १० लाख खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने बाँकी १० लाख खोप डोज भारतबाट ल्याउन बाँकी रहेको छ ।

साथै, चीनबाट उपलब्ध गराइएको ८ लाख डोज कोरोना खोपका लागि राष्ट्रपति भण्डारीले राष्ट्रपति सीलाई विशेष धन्यवाद दिनुभएको छ ।

साथै, यस्तो महामारीको बेला पहिला भारत वा चीनबाट कोरोना खोप आउँला ? भारत र चीन दुवैले नेपाललाई सहयोग गर्ने बचन भने दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?