संकटमा जनता बचाउन सिन्को नभाँचेको रोल्पा एमाले, राजनीतिक अपराधमा लाग्यो: वर्षमान पुन

  • मानसिंह विक

रोल्पा । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा रोल्पाका जनप्रतिनिधि वर्षमान पुनले संकटका बेला आफ्नो बदानाम गर्न लागेर एमालेले राजनीतिक अपराध गरेको बताएका छन् ।

कोरोना संक्रमितहरुका लागि अत्यावश्यक अक्सिजनको हाहाकार हुंदा देखिनै आफूले रोल्पाली जनातालाई राहत पुर्याउन अक्सिजन पठाउने पहल गरेको र पछिल्लो चरणमा त्यही गर्दा जिल्लामा एक सिन्धो नभाँचोका एमालेले आफुलाई बदनाम गराउन लागेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा नेता पुनले लेखेका छन्, ‘मलाई बदनाम गर्न कान्तिपुर पत्रिकाका प्रतिष्ठित पत्रकार काशीराम डाँगी र रोल्पा एमाले नेत्री इश्वरी घर्ती लगायतका एमाले मित्रहरू लाग्नु खेदजनक छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन सिलिन्डर मेरो पहलमा तीन पटक पठाएकोहो । यो बिषय सार्वजनिक नै छ । नपा, गापा र जिल्ला अस्पतालको अनुरोधमा गर्दै आएकोछु । यो काम एमाले नेत्रिक्त्वको सघीय र प्रदेश सरकारको होइन र ?
आजको मितिसम्म एकसिन्को पनि सरकारबाट कुनै सामाग्री लिएको छैन । बिक्री वा कुनै प्रकारको दूरूपयोगको प्रसंग कसरी आयो ? कोरोना महामारीमा सबैले आ(आफ्नो ठाउँबाट रचनात्मक काम गरौं । जनताको एक एक जीबन रक्षामा लागौ । संकटको समय राजनीति गर्नु अपराध हो ।’

नेकपा एमालेका अध्यक्ष केपी ओली निकटका केही मिडिडा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेता पुनलगायतका विरुद्ध यसअघि नै लागेको माओवादीका नेताहरु बताउछन् । अहिले पनि रोल्पामा ओली पक्षीय एमालेले यत्रो कोरोनाको कहर हुंदा पनि जनताको राहतका लागि सिन्को भाँचेको छैन, माओवादी केन्द्र सरकारमा नभएपनि नेता वर्षमान पुनले व्यक्तिगत रुपमा पहल गरेर जिल्लामा अक्सिजनको अभाव नहोस भनेर पठाईरहनुभएको छ । त्यसैलाई आधार मानेर राजनीतिक आक्रमण गर्न खोजिएको छ, पुनको सचिवालयले भन्यो ।

नेता पुनका विरुद्ध एमाले अध्यक्ष ओली निकटका मानिएका मिडियाले अक्सिजन सिलिन्डरबारे विभिन्न समाचार प्रकाशन गरेका छन् ।

रोल्पामा नेता पुनलाई बदनाम गराउन खोजेको उनको स्वकीय सचिव सन्तोष पुनले बताएका छन् । फेसबुकमा सन्तोषले लेखेका छन्, : आज सिङ्गो देश कोभिड १९ बाट आक्रान्त भएको बेला रोल्पा जिल्ला पनि अछुतो रहने अवस्था बनेन। रोल्पाली जनताको आशा एवं भरोसा तथा जनताको प्रतिनिधि संघिय प्रतिनिधिसभा सदस्य हुनुको नाताले मा।बर्षमान पुन अनन्तले रोल्पालाई कोभिड १९ को संक्रमण रोक्न र जनताको स्वास्थ सुरक्षाको लागि हरदम, हरपल प्रयत्नशील रहेकोे कुरा सबैलाई थाहा भएकै कुरा हो। कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि अक्सिजनको आपूर्ति बढाउन पर्ने अवस्था सिर्जना भएकोले माननीय ज्युले केन्द्र, प्रदेश र स्थानीय सरकारसङग समन्वय गर्ने काम गर्दै आउनु भएको छ।

केन्द्र र प्रदेशको पहलकदमीमा जिल्लाका स्थानीय तहसम्म अक्सिजन सिलिन्डर पुर्याउन सम्भव नदेखिएकोले स्थानीय तहहरुले आफ्नो कोरोना अस्थायी अस्पताल र आइसोलेसन सेन्टरको लागि अक्सिजन उपलब्ध गराउन माननीय ज्युसङग अनुरोध गरे अनुसार माननीय ज्युको पहलमा रोल्पामा दुई चरणमा अक्सिजन सिलिन्डर प्राप्त भएको छ। दिनको घाम जतिकै छर्लङ्ग यस्तो तथ्यलाई तोड्मरोड गर्दै जनताको प्रिय नेताको राजनीतिक बदनाम गर्ने उद्देश्य प्रेरित सामाचारको खण्डन गर्दै खोटो सोचप्रती खेद प्रकट गर्दछु।

पुर्वमन्त्रीले अनुदानको सिलिन्डर बेचे भन्ने जस्ता हावादारी, कपोकल्पित र हास्यास्पद टिप्पणी गर्न पनि कसरी सकेको होलारु यस्ता निच र पाखण्डी हर्कतले जनताको सेवा गर्ने हाम्रो अभियानलाई रोक्न असम्भव छ। सक्छौं भने जनताको भलो चिताउ। सत्तामा बसेर कमिसन डकार्नेहरुद्वारा प्रायोजित प्रोपोगन्डाको भ्रममा नपर्न सम्पुर्ण न्यायप्रेमी दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक अपिल गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?