नेपालमा काेराेना संक्रमित भन्दा निको हुने धेरै, ७ हजार २२६ जना निको भए

काठमाडौं । नेपालमा बिहीबार कोरोना संक्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीबार निको भएका ७ हजार २२६ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भइसकेको छ।

देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?