पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म देशभर ४ लाख ४० हजार ९५५ संक्रमित निको भइसकेका छन्।

त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६७ जना गरी ४ हजार ३६९ संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन्। तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ। देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?