राष्ट्रपति भण्डारीले गरिन् २०५० सम्मका लागि यस्तो घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०५० सम्म कार्बन उत्र्सजनमा तटस्थताको लक्ष्य हासिल गर्ने प्रतिबद्धतामा नेपाल अडिग रहेको घोषणा गरेकी छन् ।

दक्षिण कोरियाको आयोजनामा आईतवारदेखि शुरू भएको हरियाली विकास तथा विश्व लक्ष्य (पीफोरजी २०२१) सम्मेलनलाई भर्चुअल रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले घोषणा गरेकी हुन् ।

सोमवारसम्म जारी रहने सम्मेलनलाई विश्वका नेताले भर्चुअल रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जलवायु लगानी र प्रविधिमार्फत अल्पविकसित मुलुकलाई कोभिड क्षतिबाट उकास्नको लागि समावेशी हरियाली पुनर्उत्थान कार्यक्रम महत्त्वपूर्ण हुने भण्डारीले बताइन् । जलवायु नीति र कार्यक्रममार्फत महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने उनले बताइन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ४० देशका सरकार प्रमुख र अन्तर्राष्ट्रिय संगठनका २१ जना प्रमुख सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनको उद्देश्य जलवायु परिवर्तनबारे विश्व सहभागिता तथा आउँदो वर्ष बेलायतको ग्लास्गोमा आयोजना हुने जलवायु सम्मेलन कोप–२६ लाई योगदान दिने रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?