नेपालमा थप ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ४९१ जना संक्रमित निको भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?