२४ घण्टामा ७ हजारभन्दा धेरै काेराेनामुक्त, ५ हजार ३ सय १६ जनामा सङ्क्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय १९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ६१ हजार पाँच सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

अहिले नेपालमा एक लाख एक हजार नाै सय ९३ सक्रिय सङ्क्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार तीन सय १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार आठ सय पाँच जनाको पीसीआर परीक्षण गर्दा चार हजार पाँच सय २४ जना र तीन हजार ७३ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा गरिएको कुल परीक्षणमध्ये ३२ दशमलव सात प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा सबैभन्दा धेरै ५८ दशमलव २६ प्रतिशत नमुनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तथा यसअघिका विवरणसहित गरी एक सय एक जनाको ज्यान काेराेना सङ्क्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या सात हजार पाँच सय ५५ पुगेकाे छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =