बलत्कार आरोपमा रुन्टिगढी गाउँपालिकाका इन्जिनियर पक्राउ

  • सन्ताेष शर्मा

राेल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिकाका इन्जिनियर शेषमणि पौडेललाई बलत्कार प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रुन्टिगढी गाउँपालिकाकी १९ वर्षीया एक किशोरीलाई दिनदहाडै पँधेरोमा नुहाउँदै गर्दाको अवस्थामा बलत्कारको प्रयास गरेको पौडेलमाथि आरोप छ ।

पीडित किशोरीले लेखाजोखासँग भनिन्, शुक्रबार दिउँसो म घर नजिकैको पँधेरोमा नुहाइरहेको थिए । मेरो सानो बहिनीले मेरो ढाड मिच्दैगर्दा उहाँ बोतलमा पानी भर्न आउनुभयो । अनि एक्कासी मेरो शरीरका संवेदनशील अङ्हरुमा हातपात गर्नुभयो । म रोइ र कराएपछि उहाँ भाग्नुभयो ।

ती किशोरीका अनुसार पौडेलले पहिलेदेखि पछ्याइ राखेको र फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

घटना लगत्तै गाउँलेहरु जम्मा भएर पौडेलाई कुटपिट गर्दै गर्दा प्रहरीले आफनो नियन्त्रणमा लिएको थियो । अन्यथा अर्को घटना घट्ने अवस्था आएको स्थानीयले बताए । पीडित परिवारले प्रहरी कहाँ जाहेरी दिँदै पीडकलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।

आरोपित पौडेललाई अहिले इलाका प्रहरीका होलेरीमा राखिएको छ । पीडितको जाहेरी अनुसार कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =