हेल्पिङ ह्याण्ड जापान र उज्यालो बिहानीको सहकार्यमा अग्नि पीडित रोल्पालीलाई खाद्यान्न सहयोग

  • सन्तोष डाँगी

रोल्पा । हेल्पिङ ह्याण्ड जापान टिमको आर्थिक सहयोगमा उज्यालो बिहानी फाउण्डेसनले रोल्पा त्रिवेणी गाउँपालिकाका विभिन्न वडामा अग्नि पीडितहरूलाई खाद्यान्न सहयोग गरेको छ।

फाउण्डेसनले शुक्रबार त्रिवेणी गाउँपालिका स्थानीय निकायको रोहबरमा ३७ घरधुरीलाई प्रतिघर २ बोराका दरले ७४ बोरा चामल, ३७ पोका खाने तेल र ३७ पोका नुन वितरण गरेको हो। बैशाख १३ गते जङ्गलबाट सल्किएको आगोले ३७ घरगोठ जलेर नष्ट भएपछि गाउँलेहरू अहिले पाल मुनि बस्न बाध्य भएका छन् ।

स्थानीय सरकार र विभिन्न संघसंस्थाले उपलब्ध गराएको राहत आफूहरुलाई अपुग भएको पीडितहरूको गुनासो छ । ‘हामीले परिवारको संख्या हेरी १५ देखि २० हजार सम्म रकम पाएका छौं’, अग्नि पीडित बिनोद थापाले भन्नुभयो जलेका घर बनाउन सात आठ लाख रुपैयाँ लाग्ने होला, हामीसँग पैसा नै छैन’।

हाल सम्म विभिन्न संघ संस्था, स्थानीय सरकार र जिल्ला कार्यालय रोल्पाबाट थोरै-धेरै सहयोग प्राप्त भएता पनि संघीय र प्रदेश सरकारको तर्फबाट कुनै सहयोग प्राप्त नभएको वडा अध्यक्ष कविराज बुढा बताउनु भयो । बर्खाको सिजन लागिसकेकाले हाललाई काठ चिरान गर्न र टिन खरिद गर्नका लागि नगद रकमको आवश्यक रहेको अध्यक्ष बुढाले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?