हेल्पिङ ह्याण्ड जापान टिमद्वारा ज्यामरुङका दलित तथा बिपन्न ६८ घर परिवारलाई खाद्यान्न सहयोग

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका १० स्थित साविकको ज्यामरुङ ६ मा रहेका ६८ घरका दलित तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

हेल्पिङ ह्याण्ड जापान टिमको आर्थिक सहयोगमा मातृभूमिको लागी अक्सिजन तथा राहत अभियान २०२१ अन्तर्गत उक्त ६८ घरका दलित तथा बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको रामहरि कडेलले बताउनु भयो ।

कडेलका अनुसार प्रति परिवार चामल १ बोरा, तेल १ लिटर, दाल २ केजी, नुन १ केजीका दरले सहयोग गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =