नेपाली युवा विष्णु प्रसाद पाण्डे जुन जापानमै अस्ताए

काठमाडौं । विगत लामोसमय देखी जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आऊनु भएका विष्णु प्रसाद पाण्डेको (शनिबार) बिहान असामयिक मृत्यु भएको छ ।

केही समययता अस्वस्थ रहंदै आउनुभएका पाण्डेलाई दिमागमा गम्भिर दुखाइ भएपछि अस्पताल लगिएको थियो ।

तर शनिबार बिहान ५:२४ मा अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो । कुक पेशामा आबद्द मृतक पाण्डे श्रीमती र छोरी संगै बस्दै आउनु भएको थियो ।

पाण्डेको दाहसंस्कार तोचिगी जापानमा नै आइतबार गरिने जापानमा रहेका उनका आफन्तले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?