राउटे युवतीलाई दुव्र्यवहार गरेकाे भिडियो सामाजिक सञ्जालमा, ३ जना आराेपी पक्राउ (भिडियो सहित)

सुर्खेत । युवतीलाई दुव्र्यवहार गरेकाे आराेपमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ। फाेटाे खिच्न र टिकटक बनाउन भनी राउटे समुदायमा पुगेका ती युवाले दुई युवतीलाई ललाई फकाइ एक हाेटेलमा लिएर अनैतिक व्यवहार गरेकाे खुलेकाे छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाका हाेटल सञ्चालक २९ वर्षिय विनोद पुन सहित साेहि नगरपालिकाका ३५ वर्षिय दाेमन बहादुर घर्ती र २४ वर्षिय भुपेन्द्र बुढा रहेका छन। ती युवतीलाई मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुक, टिकटक र युटुवमा उक्त भिडियो सार्वजनिक भई घटना बाहिरिए पछि स्थानीयलेे कारबाहिकाे माग गर्दै प्रहरी चौकी मेहलकुनालाई जानकारी आएपछि मेहलकुना प्रहरीले पक्राउ गरेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी बसन्त पन्तले बताए।

भर्खरै लेकबेशी नगरपालिकाको कल्याणबाट बसाइ सरेर राउटे समुदाय गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनै,घाटस्थित भेरी नदी किनारमा आएका छन। घटनाबारे प्रहरी चौकि मेहलकुनाले अनुसन्धान गरिरहेकाे र थप अनुसन्धानका लागि जिल्ला झिकाउने तयारी भएकाे डिआइजी पन्तले बताए।

भिडियो हेर्नुस् –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?