दाङमा माओवादी विद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन, जिल्ला संयोजक रोकासहित ८ जना पक्राउ

दाङ । दाङमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटीले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरेको छ ।

चुरे दोहन रोक्नुपर्ने र उपप्रधानमन्त्री महतो अभिब्यक्तिको बिरोधमा बिद्यार्थि संगठनले आइतबार बेलुका घोराहीमा मसालजुलुस निकाल्दै पुत्ला जलाएका थिए । पुत्ला जलाउनेक्रममा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले हस्तक्षेप गर्दै पुत्ला नियन्त्रणमा लिइ बिद्यार्थिलाइ तितरबितर पारेको थियो ।

प्रहरीले मसाल जुलुस निकाल्नेक्रममा सुरु देखि नै प्रहरी र विद्यार्थी नेताबिच जलाइएको पुत्ला खोसाखोस हुदा तनाबग्रस्त बनेको थियो । प्रहरी हस्तक्षेपको विद्यार्थी नेताहरुले चर्को नाराबाजी गर्नुको साथै बिरोध गरेका थिए ।

पुत्ला जलाउनेक्रममा प्रहरी र विद्यार्थी नेताबिच केहिबेर धकेलाधकेलले बाताबरण जटिल बनेको थियो । मसाल जुलुस निकालेर पुत्ला जलाउदै गरेको अबस्थामा अनेरास्वबियु क्रान्तीकारी दाङका संयोजक जंग रोकासहित ८ जना विद्यार्थी नेतालाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि मुकुन्द रिजालले बताए ।

सरकार विरुद्ध र चुरे दोहनको बिरोधमा निकालेको जुलुसकाक्रममा उनिहरुलाई नियन्त्रणमा लिइएको उनले बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदम खारेज हुुनुपर्ने, नागरिक विधेयक सच्याउनुपर्ने, चुरे दोहनको निर्णय रोकिनुपर्ने, उपप्रधानमन्त्रीको राष्ट्रहितविपरीतको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने नत्र उनलाई पदमुक्त गरिनुपर्ने मागसहित क्रान्तिकारीले पुत्ला दहन गरेको हो । घोराहीको शहिदगेटमा निकालेको राके जुलुस प्रहरीले नियन्त्रणमा लिइ निभाएको हो ।

कोभिड महामारीका समयमा सरकार महामारी व्यवस्थापनमा भन्दा कुर्ची जोगाउन र देश लुट्ने खेलमा लागेको आरोप लगाउदै प्रदर्शनकारीले तत्काल यी कदम सच्याउन सरकारसँग माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?