विपन्न परिवारको घर निर्माणमा युवा संगठन नेपाल दाङले गर्यो सहयोग

  • हेमन्त ओली

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल जिल्ला समिती दाङले विपन्न परिवारको घर निर्माणमा सहयोग गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-३ निवासी दल वहादुर शाहुको घर निर्माणमा आज एक कार्यक्रमका बिच घर निर्माणमा आबश्यक इट्टा,बालुवा,सिमेन्ट र खाद्यान्न (चामल,नुन,तेल) सहित करिव २२ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले बताए।

निर्माण समाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सदस्य बिरेन्द्र विक,युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियार,नेकपा तुलसीपुर नगर इन्चार्ज अमर खड्का,जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली,तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खेमराज वली,घर निर्माण अभियानका संयोजक विप्लव वलीको आतिथ्य रहेको थियो।

निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा मन्तव्य राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्रले कोभिड माहामारिको यो विषम परिस्थितिमा संगठन निरन्तर जनसेवामा जुटिरहेको बताए।उनले भने,”हामी निरन्तर जनतासंगै जनताको सेवामा,राहात बितरण,श्रमदान लगाएत सेवामा तल्लीन छौ”।एक फरक प्रसंगमा नेता बिरेन्द्रले राज्य यो संकटग्रस्त अवस्थामा पनि सत्ता र कुर्सिको लाजमर्दो संसदीय खेलमा चुर्लुम्म डुबेको बताए।

घर निर्माण अभियानका आर्थिक संयोजक शंकर भुसालले अभियानमा स्थानिय समाजसेवी,विभिन्न संघ-संस्था,सामाजिक अभियान्ता,बिदेशमा श्रम गरिरहेका नेपाली नगरिकहरुबाट सहयोग प्राप्त भइरहेको बताए।

निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रमको अध्यक्षता युवा संगठन नेपाल दाङका इन्चार्ज मनोज परियारले गरेका थिए भने संचालन सोही संगठनका जिल्ला अध्यक्ष तुल्सी चौधरीले गरेका थिए।

युवा संगठन नेपाल दाङको समन्वय र नेकपा दाङको आयोजनामा जेष्ठ २२ गते कोरोना बिशेष अस्पताल बेलझुन्डीमा विरामी कुरुवा प्रतीक्षालय निर्माण गरि हस्तान्तरण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?