काेराेनाबाट मृत्यु भएका परिवारलाई प्रवासी मञ्च भावाङद्वारा आर्थिक सहयोग

राेल्पा । माडी गाउँपालिका ५ भावाङद्वारा संचालित प्रवासी मञ्चले भावाङमा काेराेनाबाट मृत्युु भएका परिवारलाई आर्थिक सहयाेग गरेकाे छ ।

माडी गाउँपालिका ५ भावाङ (मजवाङ) बस्ने ४२ वर्षीय जमानसिङ बुढा मगरकाे राेल्पा अस्पतालकाे आइसुलेशनमा उपचारको क्रममा गत वैशाख ३१ गतेबिहीबार राती मृत्यु भएकाे थियाे ।

प्रवासी मञ्चकाे पहलमा विभिन्न अभियानबाट संकलन गरिएकाे संचित काेषबाट मृतकका श्रीमती लक्ष्मी बुढा मगरलाई स्थानीय कृषि तालिमकाे अवसरमा अग्रज ब्यक्तिहरूद्वारा १५ हजार सहयोग हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष नन्दकिशोर घर्ती मगरले बनाउँनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?