विश्वकप छनोटका लागि नेपाल र जोर्डनबीच खेल जारी, जोर्डन १ गोलले अगाडि

काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेल अहिले कुवेतमा जारी रहेको छ ।

समाचार तयार पार्दासम्म दुबै तर्फको खेलमा ० का विरुद्ध १ गोलले जोर्डन अगाडि रहेको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा जोर्डनको टीम नेपाली खेलाडीमाथि हावी देखिन्छ ।

नेपाल छनोट खेल अन्तर्गत समूह ‘बी’ मा सातौं खेल्दै छ । जोर्डनको टीमलाई आजको खेल जित्नै पर्ने छ भने नेपाली टीमले पनि उसलाई सजिलै अगाडि बढ्न दिइरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?