नेत्रहीन युवा संघ रुपन्देहीद्वारा दृष्टि बिहिनहरुलाई राहात सामाग्री वितरण

रूपन्देही । नेत्रहीन युवा संघ रुपन्देहीकाे आयोजनामा रुपन्देही जिल्लामा रहेको २० जाना दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्तिहरुलाई राहात सामाग्री वितरण गरिएको छ।

वितरण कार्यक्रम नेत्रहीन युवा संघ रुपन्देही अध्यक्ष टिकाराम पौडेल, कार्यसमिति सदस्य गङ्गा भुसाल तथा संस्थाका सहयोगी नारायण मरासिनि प्रत्यक्ष रुपमा दृष्टि बिहिन भएका ब्यक्तीहरुको घरघरमा पुगि आवस्यकता अनुसार चामल ,दाल, तेल, नुन , खाना पकाउने ग्यास जस्ता अत्यावश्यक सामाग्री प्रदान गरियको थियोे ।

नेत्रहीन युवा संघ रुपन्देहीबाट जिल्लाका बुटवल उपमहानगरपालिका देबदह, सैनामैना, तिलोतमा, लुम्बिनी सांस्कृतिक नगरपालिका, सियारी, सुधोधन, गैडहवा गाउँपालिका लगायतका पालिकाका २० जना जो अप्ठ्यारोमा परेका, आर्थिक रुपमा बिपन्न भएको, कोठा भाडा लिइ बस्ने, धुप तथा फिनेल बेचबिखन गरि जिबिका सन्चालन गरेका ब्यक्तिहरूलाई छनोट गरि राहात प्रदान गरिएको हो।

नेत्रहीन युवा संघ नेपालको आर्थिक सहयोगमा अघिल्लो बर्ष पहिलो चरणको कोराेना संक्रमणको अवस्थामा समेत राहात सामाग्री वितरण गरिएको युवा संघका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?