कबिता | पेशा

मान सम्मान र इज्यतको ठूलो भारी
पेशामा हैना पैसामा पो रहेछ !
सुखिलो र चकझक बल्ने पहिरनमा हैन
ठूलो बिटो र झुत्रो पहिरन मै पो रहेछ । त्यसैले ,
त म भन्दछु पेशा हैन पेवा गर
ढाक्छु इज्यत भन्दा भन्दै नाङ्गिन सक्छौ
छोप्छु लाज भन्दा भन्दै उदाङ्ग पर्न सक्छौ ।
तर
पनि फेरि,
ठूलो अनि मीठो निन्द्राको सपना झै
नाबालक हरुको उज्जवल भबिस्यको सपनाहरुलाइ आफ्नो गोजिको सफा रुमाल
अनि ती रातो रङ्वाला डटपेन हरुले राँगाउदै हिड्ने पेशा मेरो ।।
तथापी,
तेहि बिटो र गोटी वाला मेचको आडमा बसि
हाकिमहरुसंग पौठेजोरी कसि सेकेन्ड सेकेन्डको लेखाजोखा राखी
कति माहान अनि इज्यतिलो छ मैले भिरेको बिल्ला सर।
त्यसैले,
उपमा संग हैन वास्तबिकतामा रम्ने गर
चिनुन भनेर हैन चिनाउने कोसिस गर
परिचय दिएर हैन
दिलाएर हिन !
दिलाएर हिन!!
दिलाएर हिन !!!

तिलक केसी
माडी गाउँपालिका-५ भावाङ, राेल्पा

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =