कसरी पत्याउनु 😭 ठीक भैसकेका मदन परियारको निधन, परिवार शोकमा डुब्यो

रूपन्देही । झण्डै २ वर्ष पहिले भारतबाट स–परिवार नेपाल आउने सिलसिलामा सर्लाही जिल्लाको मिर्चौया भन्ने ठाउँमा बाइको ठक्करबाट गम्भीर घाइते भएका मदन परियारको देशबिदेशबाट संकलन भएको सहयोगबाट राम्रो उपचारभैरहेको बेलामा अचानक मृत्यु भएको छ ।

रुपन्देही जिल्लाको सैनामैना बुद्धनगरमा बस्ने मदन परियारको आवाज गुमेको थियो भने हात र खुट्टा चल्दैन्थ्यो । तर उपचार हुँदै गर्दा उनको आवाज पनि आएको थियो भने शरिर पनि बिस्तारै चल्न थालेको थियो ।

उपचार निरन्तर थियो भने उनको उपचारको लागि झण्डै २० लाख भन्दामाथि सहयोग समेत जम्मा भएको थियो ।
घरमै रहने मदन परियारलाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि चेक जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारपछि कोरोना ठिक भएर रिपोर्ट पनि राम्रो आएको थियो तर निमोनियाले गलाएको कारण दाइलाई गुमाउनु परेको मदनका भाइ हरि परियार बताउँछन् । मदन परियारका श्रीमतीसँगै १ छोरा र १ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?