दाङमा भोलीदेखी सबै सरकारी कार्यालय खुल्ने, लकडाउन पनि खुकुलो

दाङ । दाङमा भोलीदेखि सबै सरकारी कार्यालय खुल्ने भएका छन् । यस अघि अतिआबश्यक सरकारी कार्यालय मात्रै खुल्ला थिए । अब भने सीमित कर्मचारीको सहभागिमा सबै सरकारी कार्यालय खुल्ने दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भएको छ । उहाँका अनुसार मंगलबार बसेको जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले यस्तो निणर्य गरेको हो ।

यस अघि जेठ २५ सम्म तोकिएको निशेधाज्ञा पनि थपिएको छ । असार १ गते साँझ ६ बजेसम्मकालागि निशेधाज्ञा थपिएको उहाँले बताउनु भयो । तर, अब भने केही खुकुलो भएको छ । बैंक तथा वित्तिय संस्थाहरु अब दैनिक विहान १० बजेदेखि दिउसो २ बजेसम्म खुल्नेछन् । विहान ६ बजेदेखि १० बजेसम्म बजारमा किनमेल पनि खुल्ला गरिएको छ ।

होटेल, शैलुन, चियापसल, रेष्टुरेन्ट, जिम क्लब, सिनेमा हलबाहेक सबै पसल खुल्ला रहने भएका हुन् ।

त्यसमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड भने लागु पर्ने छ । पूर्व-पश्चिम राजमार्गमा गुड्ने सवारीले दाङमा यात्रु झार्न तथा चढाउन नपाउने, विकास निर्माणको काम गर्न पाईने, बेलुका ६ बजेदेखि ९ बजेसम्म सिमेन्ट, छडलगायत हार्डवयेर सम्बन्धि सामग्री ढुवानी गर्न पाईने, ढुंगा, गिट्टी, बालुवा विहान ८ बजेदेखि बेलुका ६ बजेबाहेक अन्य समयमा ढुवानी गर्न पाईने भएको छ ।

त्यस्तै खनिज जन्य पदार्थ ढुवानीकालागि होलेरी तर्फ विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म र बंगलाचुलीतर्फ बेलुका ५ बजेदेखि राति १२ बजेसम्मको समय तोकिएको छ ।

कृषि सामग्री वितरण गर्ने संस्थान तथा एग्रोभेटहरु दैनिक रुपमा खुल्ला रहने छन्, भने विद्यालय पुर्णरुपमा बन्द हुनेछन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =