छैन कोरोनाको डर : दाङका बजारमा बढ्यो चहलपहल

  • चन्द्रप्रकाश नेपाली

दाङ । वैशाख १७ गतेदेखी जारी लकडाउन खुकुलो भएसँगै आज विहानैदेखी दाङका सबै बजार खुलेका छन् । दाङका घोराही, तुलसीपुर, लमही र नारायनपुर लगाएत बजारहरु खुलेसँगै ४० दिनपछि दाङको दृष्य फरक देखिएको छ । करिब डेढ महिना बन्द दाङका बजार आजदेखि आंशिक रूपमा खुल्दायो दृष्य रमणिय देखिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र दाङको बैठकले यसअघिका निणर्यलाई केही परिमार्जन गर्दै लकडाउनलाई असार १ गतेसम्म निरन्तरता दिने तर बिहान ६ बजेदेखि १० बजेसम्म बजार खोल्ने निणर्य गरेसँगै आज विहानैदेखी बजारमा नागरिकको चहलपहल देखिएको छ । बैठकको निणर्य अनुसार होटेल, रेस्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अरु सबै पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्न पाउने भएका छन् ।

होटेल, रेस्टुरेन्ट, सैलुन, खाजा घर, चिया पसल बाहेक अधिकांश पसलहरु खुलेसँगै बजारमा नागरिकको चहलपहल देखिन थालेको छ । घोराही १४ निमाहल रोडमा सञ्चालनमा रहेको केशव फेन्सी स्टोरका नविन श्रेष्ठले भन्नुभयो,-‘ करिव डेढ महिनापछि पसल खोल्न पाउदा खुशी लागेको छ । बैंकको व्याज र घरभाडा थपिरहेको समयमा दैनिक ४ घण्टा पसल खोल्ने निणर्यले केही सहयोग पुग्ने अपेक्षा छ ।

फेन्सी पसलका सामाग्रीहरु ड्यामेज हुने त्रास बढेको समयमा पसल खोल्न पाउदा व्यवसायी खुशी भएका छौँ,-उहाँले भन्नु भयो । आज विहानैदेखी फेन्सी गिफ्ट, कस्मेटिक, कपडा सिलाई, मोबाईललगाएतका अधिकांश पसल खुलेका छन् ।

प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले दैनिक विहानको समयमा व्यवसाय सञ्चालन गर्दा भौतिक दुरी र स्वास्थ्य सजकतालाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । लकडाउनलाई खुकुलो बनाएपनि ढुक्क हुने अवस्था नरहेको भन्दै अति आवश्यक कामका लागी मात्रै घरबाहिर निस्कन र स्वास्थ्य सजकतालाई विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभएको छ ।

यस्तै यता घोराही उपमहानगरपालिका वडा नम्वर १९ सैघाबाट आके वाच सेन्टरमा मोबाईल बनाउन आउनुभएका, सुलभ जिएम भन्नुहुन्छ,-‘मेरो मोबाईल बिग्रिएको १० दिन भैसकेको थिए । बजार आउदा सबै पसल बन्द हुन्थे मोबाईल पसल झन कसरी खुलेस् ।- १० दिनदेखी मोबाईल विग्रिदा सञ्चारविहन बन्नपुगेका जिएमले भन्नुभयो,-‘हिजो रेडियोमार्फत् बजार खुल्ने भन्ने जानकारी पाएपछि आज विहानै घोराही बजार आई पुगे, अहिले मोबाइल बनाएर फर्किदै छु, उहाँले भन्नु भयो ।

दाङमा कुनै बेला ह्वात्तै बढेको कोरोना संक्रमण पछिल्लो समय घट्दै गएको छ । कोरोना संक्रमण घट्दै गएपछि अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् । करिब दुई हप्ता अघिसम्म जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालमा बेड पाउन मुस्किल हुन्थ्यो ।

त्यसैमा अक्सिजन जुटाउन झन समस्या थियो तर पछिल्लो समय कोरोना संक्रमण दर घटेसँगै अस्पतालहरुमा बेड खाली हुँदै गएका छन् । अहिले जिल्लामा रहेका ५ सय ७० संक्रिय संक्रमित मध्ये ४ सय ५२ विरामी घरमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?