तुलसीपुरको मेट्रो अस्पताललाई कलाकारद्धारा स्वास्थ्य सामाग्री सहयोग

दाङ । चलचित्रकर्मी तथा कलाकारहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेको मेट्रो अस्पतालका लागी उनीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

चलचित्रकर्मी तथा नायिका मनिशा कोईराला, अनिता पण्डित र असिताभ लामीछानेले अस्पताललाई बिपेप मेसिन, फेस सिल्ड, पिपिई सेट र अन्य कोभिड उपचारमा प्रयोग हुने सागम्री सहयोग गरेका छन् ।

उक्त सामग्री नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । नगरप्रमुख पाण्डेले स्वास्थ्य सामग्री सहयोग गरेकोमा सहयोगदाता प्रति धन्यावाद ज्ञापन गर्नुभएको छ । साथै उक्त स्वास्थ्य सामग्री सहि सदुपयोग हुनेमा नगरप्रमुख पाण्डेले विश्वास व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?